बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार भिडियो

विजयादशमी : मान्यजनको हातबाट टीका तथा आशीर्वाद थाप्न जानेहरुको सडकमा चहलपहल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
विजयादशमी : मान्यजनको हातबाट टीका तथा आशीर्वाद थाप्न जानेहरुको सडकमा चहलपहल
काठमाडौं, कात्तिक ४ :

 विजयादशमीका अवसरमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न जाने सर्वसाधारणको चहलपहल बाक्लिएको छ। शुभ साइतमा आफ्नो घरमा टीका तथा जमरा लगाइसकेपछि मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्न जानेहरुको सडक तथा चोकहरूमा आवतजावत बढेको छ।

विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराअनुसार आफन्त तथा नातेदारका घरमा जाने क्रम जारी छ।  निधारमा रातो टीका तथा जमरा लगाए नयाँ पोसाकमा सजिएका बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकहरू निजी सवारीसाधन, मोटरसाइकल, ट्याक्सीलगायतका माध्यमबाट आफन्तका घर पुगिरहेका छन्।

कतिपय परिवार सामूहिक रूपमा टीका थाप्न निस्किएका छन् भने कतिपयले घरमै मान्यजन तथा आफन्तलाई बोलाएर दसैँको टीका लगाउने र आशीर्वाद आदानप्रदान गर्ने गरेका छन्।

दसैँले परिवारका सदस्य, आफन्त र इष्टमित्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ। व्यस्त दैनिकीका कारण नियमित रूपमा भेटघाट गर्न नपाएका आफन्तहरू पनि विजयादशमीका अवसरमा एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने गर्छन्।

हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैँको विजयादशमीलाई असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको विजयका रूपमा पनि लिने गरिन्छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति प्राप्त हुने विश्वास छ।

देश तथा विदेशमा रहेका नेपालीहरूले समेत आ-आफ्नो परम्परा र अनुकूलताअनुसार दसैँ मनाइरहेका छन्।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार