बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार खेलकुद क्रिकेट

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता

क्यानको आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु हुदैछ ।
सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
एनपीएलका सबै खेललाई आईसीसीको मान्यता
काठमाडौं, कात्तिक ४ :

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएका छन् ।

क्यानको आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का  खेलहरु हुदैछ ।  

क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता प्राप्त गरेको जानकारी दिएको हो ।

प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास क्यानले लिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार