लमजुङ, कात्तिक ५ :
जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अमृतबहादुर अधिकारीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ। जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका अधिकारीलाई हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
लमजुङको राइनास नगरपालिका–९ का अधिकारीलाई जिल्ला अदालत लमजुङले जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा २०८१ पुस ३ गते ९ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
प्रहरी टोलीले उनलाई तत्काल पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बाँकी कैद सजाय भुक्तानका लागि जिल्ला बिहीबार कारागार कार्यालय कास्की पठाएको प्रहरी निरीक्षक नेत्रबहादुर थापाले जानकारी दिए ।