बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

खोटाङको हलेसीमा विद्युत सर्ट हुँदा दुई घर जलेर नष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
खोटाङको हलेसीमा विद्युत सर्ट हुँदा दुई घर जलेर नष्ट
खोटाङ, कात्तिक ५ :

विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उहाँका दुईवटा घर जलेर नष्ट भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहनुभएका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् । जस्तापाताको छाना तथा ढुङ्गा÷माटोले बनेको दुइतले घरमा विद्युत्को फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले आगलागी  नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए । आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद रु २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न, महत्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार