पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेकी छन्। चीनमा शनिबार आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै उनले भोटेकोशी बाढीले नेपालमा जलवायु परिवर्तनका असर र जोखिमलाई पुनः उजागर गरेको बताइन्।
भण्डारीले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी अनुगमन, मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, पूर्वसूचना प्रणाली तथा विपद् प्रतिकार्यमा नेपाल, चीन, भारतलगायत हिमाली देशबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।
उनले जलवायु जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय सहकार्य र समावेशी विकासमार्फत विश्वशान्ति, दिगो विकास तथा साझा समृद्धि हासिल गर्नुपर्ने धारणा राखिन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे