काठमाडौं, कात्तिक १३ :
१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि नेपाली कांग्रेसले निर्वाचन आयोग जाने तयारी गरेको छ ।
मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको शपथ ग्रहण भएसँगै विवरण अद्यावधिकका लागि कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । हिजो पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् । सभापतिले भने निर्वाचित भए लगत्तै शपथ गरेका थिए ।
हिजो शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकको जिम्मा कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाललाई दिएको थियो ।