शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक #पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक
राजनीति

प्रधानमन्त्रीको सचिवालयले भन्यो- पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
प्रधानमन्त्रीको सचिवालयले भन्यो- पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन
काठमाडौं, कात्तिक १३ :

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री, उहाँको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संलग्नता नरहेको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनाबारे प्रधानमन्त्री र उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताइन् ।घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको दाहालले उल्लेख गरिन् ।

यसैबीच, जनआस्था अनलाइनका अनुसार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको छ ।  नेपाल प्रेसले केही दिनअघि आइजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन लागेको समाचार प्रकाशन गरेको थियो ।

यस्तै नयाँ पत्रिकाको कार्यालयमा पनि विनाबर्दीको प्रहरी टोली पुगेको छ । संवाददाता नवराज मैनालीलाई खोजिरहेको नयाँ पत्रिकाले जनाएको छ ।

नयाँ पत्रिकाले हिजो मैनालीको बाइलाइनमा बिचौलिया इनाम सापकोटा र न्यायालयबीच आर्थिक कनेक्सनको समाचार प्रकाशन गरेको थियो ।

इनम-न्यायालय कनेक्सनको समाचार लेखेको दियो पोस्ट अनलाइनको अनामनगरस्थित कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेको बुझिएको छ । आजै प्रहरीले पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको थियो । प्रहरी प्रमुख हटाउने चलखेलबारे समाचार लेखेका ५ जना पत्रकारलाई समात्ने योजनामा प्रहरी रहेको जनआस्थाले उल्लेख गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार