
साउन २१ :
काठमाडौँ, साउन २० : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले भोलि (सोमवार) विश्वासको मत लिने तयारी भएको छ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते (सोमबार)राख्ने व्यवस्था मिलाउन शनिवार र्नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो।
कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक-एक गरी कुल ४० सदस्य सङ्ख्या रहेको छ।