शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार प्रदेश कर्णाली प्रदेश

डोल्पा कारागारका ८ जना कैदी सुरुङ खनेर फरार

१७ जना कैदीबन्दीमध्ये आठ जना फरार भएका हुन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
डोल्पा कारागारका ८ जना कैदी सुरुङ खनेर फरार
डोल्पा, कात्तिक १४ :

डोल्पा कारागारबाट ८ जना कैदी फरार भएका छन् । शुक्रबार राति सदरमुकाम दुनैस्थित जिल्ला कारागारभित्रबाट सुरुङ खनेर उनीहरु फरार भएका हुन् । 

कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार फरार हुनेमा पाँच जना जबरजस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी रहेका छन्।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका-५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका-९ का कैलाश भन्ने कपिल परियार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला कारागारमा रहेका १७ जना कैदीबन्दी तथा थुनुवामध्ये आठ जना शुक्रबार राति सुरुङ खनेर फरार भएका थिए। शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो। उनीहरुको व्यापक खोजी कार्य भइरहेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार