शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश गण्डकी प्रदेश

वर्षाले अवरुद्ध जोमसोम-कोरला सडक सञ्चालन

‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक सञ्चालन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
वर्षाले अवरुद्ध जोमसोम-कोरला सडक सञ्चालन
मुस्ताङ, कात्तिक १४ :

भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो ।

यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्‍याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने गरी ‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक सञ्चालन गरिएको आयोजना प्रमुख शर्माले बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार