आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार सुदूरपश्चिम प्रदेश

पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

· ५१ मिनेट अगाडि प्रकाशित
पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै
कञ्चनपुर, कात्तिक १५ :

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्‍याउनुका साथै स्थानीयको घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य गरेको हो ।
    
    निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले चितवनबाट शनिबार साँझ रेडियोकलर शुक्लाफाँटा आइपुगेको बताए  । गत वर्षअघि लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिएको थियो । पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता कारण उक्त हात्तीले मानवीय क्षति भने गर्न सकेको छैन ।
    
    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अर्यालले रेडियो कलर जडानपछि लिणे हात्तीमाथि निगरानी बढाएर बस्तीमा क्षति हुन नदिने रणनीति अपनाइने बताए  । “प्राविधिक टोलीसहित छलफल गरेर हात्तीलाई लोकेट गरेर बेहोस बनाएर रेडियो कलर जडान गर्नेछौँ”, उनले भने , “त्यसअघि प्राविधिकसहितको टोली बसेर आवश्यक छलफल गरिनेछ ।”

    संरक्षण अधिकृत अर्यालले जनधनको क्षति गर्न थालेपछि वन्यजन्तुमा यहाँ पहिलो पटक रेडियो कलर जडान गर्न लागिएको बताउनुभयो । “पाटेबाघ र गैँडा गणनाकाबेला विगतमा पनि रेडियो कलर जडान गरिन्थ्यो”, उनले भने , “जनधनकै क्षति पुर्‍याएर दुःख दिने थालेपछि हात्तीमाथि जडान गर्न थालिएको हो । स्थानीयले नै पुच्छर नभएकाले हात्तीको नाउँ ‘लिणे’ राखेका हुन् ।”

    तीन सय पाँच वर्ष किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा हरेक वर्ष हात्तीले क्षति पुर्‍याउँदै आएका छन् । निकुञ्ज प्रशासनले मानव–वन्यजन्तु नियन्त्रणका लागि मानवीय क्षति न्यूनीकरणका लागि अभियान सञ्चालनको तयारीसमेत गरिरहेको छ ।
    
    एक साताअघि कञ्चनपुरको बेल्डाँडीमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले शुक्लाफाँटा वरपरका बस्तीमा पुगेर क्षति पुर्‍याइरहेको जङ्गली हात्तीलाई रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाएको जानकारीसमेत स्थानीयलाई गराउनुभएको थियो । मन्त्री चौधरीकै पहलमा यहाँ रेडियो कलर तत्काल जडान गर्नेगरी अघि बढेको निकुञ्ज प्रशासनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार