संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुले संसद बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको प्रतिपक्षी दलहरुको बैठकले छिटो भन्दा छिटो संसद आह्वान गर्न सभामुखसँग आग्रह गर्ने निर्णय गरेको हो ।
हालै बिचौलियाहरूसँग जोडिएका विषयका साथै न्यायपालिकाको कार्यप्रणाली र प्रेससँग सम्बन्धित संवेदनशील मुद्दाहरूहरुलाई सतहमा छलफल हुनुभन्दा संसदबाट नै निरुपण गर्नुपर्ने भएकाले संसद आह्वानका लागि आग्रह गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिए ।
संसद्लाई छलेर अध्यादेशबाट मात्रै सबै कार्यहरू अगाडि बढाइएमा संसद्को गरिमा र अपरिहार्यतामाथि आँच आउने हुनाले संसद्लाई छिटो बोलाएर निष्कर्ष निकाल्नुपर्ने उनले बताए ।
त्यस्तै बैठकले गम्भीर र संवेदनशील विषयहरूको उचित टुङ्गो लगाउन प्रतिपक्ष दलका नेताहरूबीच बैठक बसी साझा धारणा तयार पार्ने र देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय भएको आङदेम्बेले बताए ।उनले महाअभियोगबारे रास्वपा स्पष्ट नभएको भन्दै रास्वपाले यस बिषयलाई उठान गरेमा बिपक्षी दलले आवश्यक धारणा बनाउने उल्लेख गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जलवायु जोखिम न्यूनीकरण गर्न चीनसँग भरपर्दो पूर्वसूचना प्रणाली स्थापना गरिने : परराष्ट्र सचिव राई
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
थप समाचार
जलवायु जोखिम न्यूनीकरण गर्न चीनसँग भरपर्दो पूर्वसूचना प्रणाली स्थापना गरिने : परराष्ट्र सचिव राई
महासचिव पोखरेलको आरोप : लोकतान्त्रिक मूल्यमान्यता कमजोर पार्ने दिशामा सरकार अघि बढ्यो
पत्रकार धरपकडसहित विवादित सरकारी गतिविधि छानबिन गर्न कांग्रेसको माग