सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम #प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम
खेलकुद क्रिकेट

एनपीएल क्रिकेटः काठमाण्डु गोर्खाजको पहिलो जित दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
एनपीएल क्रिकेटः काठमाण्डु गोर्खाजको पहिलो जित दर्ता
काठमाडौं, कात्तिक १६ :

नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

यता कर्णालीको भने लगातार दोस्रो जित पछिको यो पहिलो हार हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो भने दोस्रो खेलमा विराटनगर किङ्ग्समाथि चार विकेटको जित निकालेको थियो ।

आज कर्णाली याक्सले जितका लागि दिएको १८१ रनको लक्ष्य पच्छाएको काठमाडौँले १९ दशमलव चार ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो । काठमाडौँका लागि राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा सर्वाधिक ५० रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले चार चौका र तीन छक्का प्रहार गरे । जाहन्दाद खानले अविजित २२ रन बनाए भने मोहम्मद आदिल आलमले २० रनको योगदान दिए ।

यता बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलातले समान दुई/दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले समान एक/एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो । कर्णालीका लागि अरिफूल इस्लामले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै हुसेन तलातले ३० बलमा ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रन बनाए । गुल्शन झाले २० तथा मार्क वाटले १७ रनको योगदान दिए ।

काठमाडौँका लागि करण केसीले दुई विकेट लिए भने शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान एक/एक विकेट हात पारे । सोही स्थानमा आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार