सोलुखुम्बु, कात्तिक १७ :
सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ ।
मृत्यु हुने वसन्त कुमार बलरा माडुको भएको बताईएको छ । उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनमा शैलेश किसान पट्टेल घाइते भएका छन् ।
यस्तै फिस्टेल एयरका पाइलट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकोप्टर एक आपसमा ठोक्किएको थियो ।