बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की #हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की
समाचार प्रदेश बागमती प्रदेश

कागेश्वरी मनोहराको वार्षिक प्रगति समीक्षा : भाषणभन्दा कामको नतिजा र तथ्यांक देखाउन नगरप्रमुख कार्कीको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कागेश्वरी मनोहराको वार्षिक प्रगति समीक्षा : भाषणभन्दा कामको नतिजा र तथ्यांक देखाउन नगरप्रमुख कार्कीको निर्देशन
काठमाडौं, कात्तिक १८ :

कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कामको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेको छ।

 नगरपालिकाको आन्तरिक कार्यप्रणालीलाई थप चुस्त, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले बुधबार थलीस्थित नगर कार्यपालिकाको सभाहलमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा नगरपालिकाका नौवटै वडाका सचिव तथा विभिन्न शाखाका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक र भौतिक प्रगतिको विवरण प्रस्तुत गरे। प्रस्तुत प्रगति विवरणमाथि छलफल गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरूले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए।

वडाका सचिव तथा विभिन्न शाखाका प्रमुखहरूको प्रगतिको विवरण प्रस्तुतिपछि नगरप्रमुख उपेन्द्र कार्कीले सम्बोधन गरेका थिए । उनले
अब भाषण र औपचारिकताभन्दा पनि कामको वास्तविक परिणाम तथ्यांकसहित प्रस्तुत गर्नुपर्नेमा जोड दिए। जनप्रतिनिधिले नागरिकसमक्ष गरेका प्रतिबद्धता र अघि सारेका योजनाको कार्यान्वयन अवस्था स्पष्ट रूपमा देखिनुपर्ने उनको भनाइ थियो।

खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा विगतको अवस्था र हाल भएको सुधारलाई तथ्यांकका आधारमा मूल्यांकन गर्नुपर्ने उल्लेख गर्दै नगरप्रमुख कार्कीले भने, ‘हिजो हाम्रो पहुँच कति थियो र आज कति घरधुरीमा सेवा विस्तार भयो भन्ने स्पष्ट तथ्यांक आउनुपर्छ।’

विगतका उपलब्धिमा मात्र सीमित नभई वर्तमानका काममा केन्द्रित भएर परिणाममुखी ढंगले अघि बढ्न उनले जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे। जनप्रतिनिधि र कर्मचारीबीच आपसी समन्वय, सहकार्य र एकताबद्ध प्रयासबाट मात्रै नागरिकले अपेक्षा गरेअनुसारको सेवा दिन सकिने उनको भनाइ थियो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार शाहले वार्षिक समीक्षा बैठकलाई थप वैज्ञानिक, व्यवस्थित र समयमैत्री बनाउनुपर्ने बताए। समीक्षा बैठक लामो समयसम्म चल्दा नियमित सेवा लिन आउने सेवाग्राही प्रभावित हुन सक्ने भएकाले प्रतिवेदनहरू पूर्वतयारीसहित प्रस्तुत गर्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए।

प्रतिवेदनलाई बैठकअघि नै अध्ययन तथा विश्लेषण गरी आवश्यक विषयमा मात्र केन्द्रित भएर छलफल गर्ने पद्धति विकास गर्नुपर्ने उनको सुझाव थियो। तोकिएको समयसीमाभित्र बैठक सम्पन्न गरी कर्मचारीको बढीभन्दा बढी समय नागरिक सेवामा उपयोग गर्नुपर्ने उनले बताए।

नगरपालिकाले सुशासन, पारदर्शिता र प्रविधिको अधिकतम प्रयोगमार्फत सक्षम, सबल, सुशासनयुक्त तथा विकासमुखी स्थानीय सरकार निर्माण गर्ने लक्ष्यसहित आफ्ना गतिविधि अघि बढाउँदै आएको जनाएको छ।

नगरप्रमुख कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत डा. शाह, नौवटै वडाका सचिव, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार