सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

एनपीएल क्रिकेट : पोखरा एभेन्जर्सले टस जित्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १८ मिनेट अगाडि प्रकाशित
एनपीएल क्रिकेट : पोखरा एभेन्जर्सले टस जित्यो
काठमाडौं, कात्तिक २३ :

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्ततर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा पोखराले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

पोखराल यसअघि ४ वटा  खेल खेलेकामा सबैमा पराजित भएको थियो । पोखरा सुदूरपश्चिमसँग ६ विकेट र  जनकपुरसँग ९ रनले पराजित भएको थियो । त्यसैगरी पोखरा लुम्बिनी लायन्ससँग ८ विकेट र  चितवनसँग ३० रनले पराजित भएको थियो ।

अर्कातर्फ कर्णाली पनि पोखरालाई हराउँदै जित निकाल्न कोसिस गरिरहेको छ । प्रतियोगितामा समान ४ खेल खेलेको कर्णालीले २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार