बुधबार, २५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्व तिहार, नेपाल संवत्, म्हः पूजाले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् भनी कामना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १० घण्टा अगाडि प्रकाशित
अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
काठमाडौं, कात्तिक २४ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्व तिहार, नेपाल संवत्, म्हः पूजाले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् भनी कामना गरेका छन् ।

“आज हुने म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिन्छ, गोवद्र्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्छ भने हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्छ”, अध्यक्ष ओलीले भनेका छन्, “म्हः पूजा, गोवद्र्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना ! न्हु दँया भिन्तुना !”

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार