
काठमाडौँ, साउन २१ :
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन ।
कांग्रेस संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेललाई गत शुक्रबार आफ्ना मन्त्रीहरुको नाम बुझाएको थियो ।
जसअनुसार आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाही, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र खानेपानी, जलश्रोत, ऊर्जा विकास मन्त्रीमा विजय बुढा रहनुभएको छ।।