शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
समाचार

मलेसिया रोजगारी प्रकरण : पूर्व मुख्यसचिव अर्याल पक्राउ

यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय यादव र कुँवरसहित १० जना पक्राउ परिसकेका छन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १३ घण्टा अगाडि प्रकाशित
मलेसिया रोजगारी प्रकरण : पूर्व मुख्यसचिव अर्याल पक्राउ
काठमाडौं, मंसिर १० :

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया रोजगारीका नाममा कामदारबाट अवैध रूपमा रकम असुली गरी विदेश पठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान जारी राखेको छ।

अर्याललाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले खुलाएको छैन। यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

उनीहरूमाथि कामदार मलेसिया पठाउने क्रममा अवैध रूपमा रकम संकलन तथा आर्थिक अनियमितता गरेको आरोप छ। सीआईबीले पक्राउ परेकाहरूमाथि ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार