काठमाण्डौँ , कात्तिक १५ :

राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । 

बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।