
पोखरा, कात्तिक १७ :
पोखरा महानगरपालिकाको २६ औँ कार्यपालिका बैठकले मङ्सिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको छ ।
हिजो बसेको कार्यपालिका बैठकले इन्जिनियर, सबइन्जिनियर, शिक्षक र सामाजिक परिचालिकालाई बिदा दिने निर्णय गरेको हो ।
महानगरको २५ औँ कार्यपालिका बैठकले २०८१ असारसम्मका लागि अन्तिम पटक करार कर्मचारीको म्याद थपेको थियो । हिजोको बैठकले कात्तिक मसान्तसम्म म्याद थप गरी साउन यताको तलब र चाडपर्व खर्च दिएर कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको हो ।
पोखरा महानगरमा लोकसेवाबाट सिफारिस भइ ४८ कर्मचारी हाजिर हुन आएपछि ती पदमा करारमा रहेकालाई बिदाइ गर्न लागिएको हो ।