काठमाण्डौं, कात्तिक १७ :

नासाकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दीपावलीको अवसरमा एक भिडियो सन्देश पठाएकी छिन् ।

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बधाई दिदै उनले  विश्वभरि दिपावली  मनाइरहेका सबैलाई दीपावलीको हार्दिक शुभकामना व्यक्त गरेकि छिन्।पृथ्वीबाट २६० माइल माथिबाट दिपावलीको शुभकामना दिदै यस पर्वलाई विश्व भलाईको उत्सवको रुपमा उल्लेख गरेकी छिन् । अमेरिकि राष्ट्रपति र उपराष्ट्रपतिले दिपावली मनाएकोमा  धन्यवाद दिएकी छिन् ।

ह्वाईट हाउसमा  राष्ट्रपति जो बाईडेनले गएको सोमबार दिपावली मनाएका थिए ।