आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति विदेश

बंगलादेशमा सरकारविरुद्धको प्रदर्शनमा ५९ जना भन्दा बढीको मृत्यु

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
बंगलादेशमा सरकारविरुद्धको प्रदर्शनमा ५९ जना भन्दा बढीको मृत्यु
काठमाडौँ, साउन २१ :

बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच आज दिनभर झडप भएको छ  ।

प्रधानमन्त्री सेख हसिनाको राजिनामा माग्दै विद्यार्थीहरुले गरेको विरोध प्रदर्शनमा झडप हुँदा ५९ जना भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ ।

वंगलादेशमा विद्यार्थी नेताहरुले सरकार विरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा २०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बिविसीले जनाएको छ ।

हिंसा भड्किएपछि बंगलादेश सरकारले आज राति कर्फ्यु लगाउने घोषणा गरेको छ ।

यसअघि हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामुहिक विरोध प्रदर्शनका लागि आइतबार मध्य ढाकामा भेला भएका थिए ।

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारी र सरकारबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ । सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार