वीरगञ्ज, कात्तिक १९ :

तिहार र छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित घडीअर्वा पोखरी  झिलिमिली बनेको छ ।

छठको अवसरमा पूजाअर्चना गर्न र पण्डाल तथा पोखरीको सजावट हेर्नका लागि भारतीयहरूको समेत घुइँचो लाग्ने गर्दछ ।

घडिअर्वा पोखरीलाई झिलिमिली बत्तीसहितको झलरले सिङ्गारिएको छ । यस वर्ष छठ पर्व यहि कात्तिक २२ गते बिहीबार परेको छ ।