काठमाडौँ, कात्तिक २० :

काठमाडौँका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ।

आज विहानैदेखि बादल लागेर धुम्म परेको मौसमले गर्दा चिसो पनि बढेको छ ।

  बर्षाले अहिले जनजीवन सामान्य रुपमा प्रभावित भएको छ ।

 पानीले किसानहरुको सागपातलाई राम्रो त गरेको छ तर थन्क्याउने बेला भएको धान बालीलाई भने असर पुर्‍याएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।