आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, अझै केही दिन आराम गर्नुपर्ने

· बुधबार, २२ कात्तिक, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, अझै केही दिन आराम गर्नुपर्ने
फोटोः फाइल
काठमाण्डौँ , कात्तिक २२ :

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।

ओलीलाई भाइरल ज्वरोको सङ्क्रमण भएको निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिनुभयो । ओलीको घाँटीमा पनि सङ्क्रमण भएको उहाँले बताउनुभयो ।

अहिले स्वास्थ्य अवस्था सुधार हुँदै र केही दिन आराम गर्न सुझाव दिएको डा. शाहले बताउनुभयो ।

चार वर्ष अघि प्रधानमन्त्रीले ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।
 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार