
फोटोः फाइल
काठमाण्डौँ , कात्तिक २२ :
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।
ओलीलाई भाइरल ज्वरोको सङ्क्रमण भएको निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिनुभयो । ओलीको घाँटीमा पनि सङ्क्रमण भएको उहाँले बताउनुभयो ।
अहिले स्वास्थ्य अवस्था सुधार हुँदै र केही दिन आराम गर्न सुझाव दिएको डा. शाहले बताउनुभयो ।
चार वर्ष अघि प्रधानमन्त्रीले ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।