
नवलपुर, साउन २२ :
पूर्वी नवलपरासीको त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-६ साहुमारास्थित भित्री सडक खण्डमा आज बिहान त्रिवेणी धाम बाट भारत तर्फ जाँदै गरेको ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अम्चुर खोलामा खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको हो। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भारतको महाराजगन्ज निचलौल टोल ओडवलिया बस्ने ४० वर्षीय प्रकाश भारतीको घटना स्थलमै मृत्यु भएको छ ।
२८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् । घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल नवलपरासी बर्दघाट सुस्ता पश्चिममा उपचार भइरहेको छ ।।