कालिकोट, कात्तिक २६ :

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । 

आज पलाँता गाउँपालिका- ७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको प्रदेश कार्यालय सुर्खेतले जनाएको छ। 

  घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिरहेको कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ । 

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने दुर्घटनास्थल सदरमुकामबाट टाढा र विकट भएकोले हेलिकोप्टरबाट उद्दार गर्ने तयारी भएको सक्रियन्युजलाई जानकारी दिनुभयो । 

उहाँले हताहती हुनेको संख्या एकिन गर्न अझै केही समय लाग्ने पनि बताउनुभयो । 

घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।