बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार राजनीति

सरकारसँग तराई- मधेश एकीकृत प्राधिकरण स्थापनाको माग गर्ने राप्रपाको निर्णय

· मंगलबार, २८ कात्तिक, २०८१ मा प्रकाशित
सरकारसँग तराई- मधेश एकीकृत प्राधिकरण स्थापनाको माग गर्ने राप्रपाको निर्णय
पर्सा, कात्तिक २८ :

वीरगञ्जमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई- मधेश राष्ट्रिय सम्मेलनले ‘तराई- मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । 

तराई- मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज आयोजित पत्रकार सम्मेलनमा तराई- मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण  स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको जानकारी दिनुभयो । 

मधेशको जनसङ्ख्या मुलुककै आधाभन्दा धेरै रहेको भन्दै पार्टीको राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना गरेर जनजिविकालाई सुधार्नुपर्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष थापाले हाल तराई- मधेशको विकासका लागि नगण्य बजेट विनियोजन हुँदै आइरहेको बताउनुभयो । आगामी दिनमा जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको भनाइ थियो । 

सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी राप्रपा नेपालको राष्ट्रिय सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

सम्मेलनमा दुई सय बढी पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार