
कात्तिक २८ :
सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई अर्को सहकारी ठगी सम्बन्धी बयानका लागि आज भैरहवा लगिएको छ ।
पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा लगिएको हो ।
रूपन्देहीमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
लामिछानेलाई रुपन्देही ल्याउने भनेपछि रास्वपाका कार्यकर्ताहरुले प्रदर्शनको तयारी गरेका छन भने सहकारी पीडितहरुले पनि विरोध प्रदर्शनी गर्ने जनाएका छन ।
दुई पक्षबीच झडप हुन नदिने बुटवल र भैरवहा बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।