मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
राजनीति

सम्बन्ध विच्छेद नक्कली होइन, ज्योति गुरुङलाई झिकाएर अनुसन्धान गरियोस्: धनराज गुरुङ

· मंगलबार, २८ कात्तिक, २०८१ मा प्रकाशित
सम्बन्ध विच्छेद नक्कली होइन, ज्योति गुरुङलाई झिकाएर अनुसन्धान गरियोस्: धनराज गुरुङ
काठमाडौँ, कात्तिक २८ :

नेपाली काँग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले सम्बन्ध विच्छेद जस्तो संवेदनशील विषयलाई नक्कली भनेर गरिएको प्रचारप्रसारप्रति गम्भिर आपत्ती व्यक्त गरेका छन ।

 उपसभापति गुरुङले आज एक विज्ञप्ती निकालेर विभिन्न सञ्चार माध्यमहरुले दिनहूँजसो आफ्नो बारेमा गलत र तर्कहिन विषय उठान गरेर आफ्नो मानहानी गरेको उल्लेख गरेका छन ।

उनले विज्ञप्तीमा श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गर्नुपरेको फेहरिस्तसमेत लेखेका छन ।

श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि पनि सहकारीको ऋण तिर्न आफूले मिनबहादुर गुरुङसँग ऋण लिएको पनि उल्लेख गरेका छन । मिनबहादुर आफ्नो नातेदार भएको उनको विज्ञप्तीमा उल्लेख छ ।

सहकारीको रकम हिनामिनामा आफ्नो कुनै भूमिका नभएको बरु आफूले नैतिकताको विषय भएकोले खोजेर भएपनि ऋण तिरेको उनको भनाइ छ ।

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी भएको र सादगी जीवन विताउँदै आएकोले आफ्नो सम्पत्ती छानवीन गर्न पनि उनले चुनौति दिएका छन।

गलत समाचारले आफू र आफ्ना छोराछोरीलाई अपमान गरेको उनको भनाइ छ ।

आफ्नो पूर्व श्रीमती ज्योति गुरुङलाई जहाँ भएपनि झिकाएर अनुसन्धान गर्न र सहकारी पीडितको रकम फिर्ता गर्न उनले माग गरेका छन।

 


 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार