काठमाडौँ, साउन २२ :

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले ३७ वटा विभागका प्रमुखहरु मनोनयन गर्नुभएको छ । 

पार्टी पदाधिकारीहरुसँगको परामर्शमा सभापति देउवाले आज विभाग प्रमुखहरु मनोयन गर्नुभएको हो । 

लामो समयदेखि खाली भएका यी विभागहरुमा सभापति देउवाले प्रमुख नियुक्त गरेसँगै नेपाली काँग्रसको सांगठनिक गतिविधि बढ्ने विश्वास काँग्रेसका नेताहरुको छ ।