काठमाण्डौं, मंसिर ५ :

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज  दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्दैछ  ।

बैठकमा पार्टीको  विधान संशोधन,स्थानीय तह उपनिर्वाचन,केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

हिजो बस्ने भनिएको बैठक  पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनका कारण  स्थगित गरिएको थियो ।