
काठमाण्डौं, साउन २३ :
काठमाडौँ उपत्यकाका नदीले जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
काठमाण्डौं उपत्यका स्थित बाग्मती नदीको गौरीघाट,खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको विभागले जनाएको छ ।
विभागले मोबाइलमा सन्देश पठाउदै काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको,पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरुले बेलुका ५ बजे सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।