शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेकाले उच्च सतर्कता अपनाउन अनुरोध

· मंगलबार, २३ साउन, २०८१ मा प्रकाशित
काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेकाले उच्च सतर्कता अपनाउन अनुरोध
काठमाण्डौं, साउन २३ :

काठमाडौँ उपत्यकाका नदीले जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

काठमाण्डौं उपत्यका स्थित बाग्मती नदीको गौरीघाट,खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको विभागले जनाएको छ ।

विभागले मोबाइलमा सन्देश पठाउदै काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको,पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरुले बेलुका ५ बजे सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार