
बागलुङको बडिगाड गाउँपालिका–१०, स्थित आरुपाटामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
आज बिहान बस्ती माथिबाट खसेको पहिरोले बस्ती छोपेपछि ठुलो क्षति भएको हो । पहिरोले दुई घर बगाउँदा पाँच जनाको ज्यान गएको हो ।
अहिले घटनास्थलमा पाँच जनाको शव फेला परेको छ । अन्य केही घाइते अवस्थामा भेटिएको भने केही बेपत्ताको खोजी भइरहेको बताईएको छ ।
मृतक, घाइते र बेपत्ता भएकाको परिचय खुल्न सकेको छैन । घरमा कति जना मान्छे थिए भन्ने विवरण खुल्न सकेको छैन । आरुपाटा बागलुङको विकट गाउँ हो ।
यसैगरी, वडा नम्बर ९ स्थित दर्लिङमा पहिरोले १५ वर्षीय विधान परियारको ज्यान गएको छ । घरमा पानी पसेपछि पानी छेक्न जाँदा पहिरोमा पुरिएर परियारको मृत्यु भएको हो ।
त्यसैगरी सोही ठाउँमा बाढीसहित आएको पहिरोले बगाउँदा गङ्गाबहादुर बस्नेतको मृत्यु गएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले घटनास्थलमा पुग्न अझै केही समय लाग्ने जानकारी दिनुभयो ।