शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश गण्डकी प्रदेश

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुग्यो, ४ जना घाइते

· मंगलबार, २३ साउन, २०८१ मा प्रकाशित
पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या  ८ पुग्यो, ४ जना घाइते
काठमाडौँ, साउन २३ :

बागलुङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या आठ  पुगेको छ ।  सोही पहिरोमा परी अरु चार जना घाइते भएका छन । 

पहिरोले बडिगाड गाउँपालिका वडा नं. १० मा ६ जना र वडा नम्बर ९ मा दुई जनाको मृत्यु हो ।

पहिरोमा परेर बडिगाड गाउँपालिका वडा नं. १० का ७ बर्षिया मालती बुढा, मधु बुढा, १३ बर्षका मनोज बुढा अमन बुढा, ५१ बर्षका मैतीदेवी विक र एकजना ६ बर्षिया बालिकाको मृत्यु भएको छ ।

त्यसैगरी बडिगाड गाउँपालिका वडा नं. ९ मा पहिरोमा परि १५ बर्षका विधान परियार र २४ बर्षका गंगा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

आज बिहान बस्ती माथिबाट खसेको पहिरोले बस्ती छोपेपछि ठुलो क्षति भएको हो ।

घाइतेहरुको उद्दारपछि उपचार भइरहेको छ । पहिरोबाट पुगेको अन्य क्षतिको विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार