काठमाण्डौँ , मंसिर १३ :

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई अर्ब रुपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि आह्वान गरेको छ।

सरकारले नागरिक बचतपत्र २०८६ (क) निस्कासन गर्ने  गरेको छ।

कार्यालयले आज जारी गरेको बचतपत्रमा नागरिकले ७. ५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मङ्सिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ।

यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय पाँच वर्ष रहनेछ।

आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्ने जनाइएको छ। बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध  हुने र आवेदन पोर्टल मार्फत  इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

बचतपत्रका लागि न्यूनतम आवेदन रकम १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।