
काठमाण्डौँ , मंसिर १३ :
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको समीक्षा बैठक बोलाउनुभएको छ ।
मन्त्रालयहरूको त्रैमासिक समीक्षाका लागि प्रधानमन्त्री ओलीले बैठक आव्हान गर्नुभएको हो ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारले अहिलेसम्म गरेका काम, मन्त्रालयहरूको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल तथा समीक्षा हुने जनाइएको छ ।