
काठमाण्डौँ , मंसिर १३ :
साइबर अपराधको मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दी सहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रवार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि हिजो दुर्गा प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराइएको थियो।