
काठमाण्डौँ , मंसिर १३ :
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतमा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी रहेका बेला उनको जीवन रक्षाको माग गर्दै आज प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानवअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लगाएर प्रदर्शन गरेका छन्।
साइबर अपराधको मुद्दामा पक्राउ परेका प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चमा सुनुवाइ जारी छ ।