
काठमाण्डौँ , मंसिर १३ :
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पैसा नतिर्ने उद्योगहरूको बिजुली तत्काल नकाट्ने निर्णय गरेको छ।
आज बसेको समितिको बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय गरेको हो ।
हिजो विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिदै प्राधिकरणलाई पत्र पठाएको थियो ।
बैठकले आयोगको पत्र अनुसार नै वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय गरेको जनाएको छ ।
यसअघि प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो।
सरकारले बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना जारी गरेको थियो।
१५ दिनको अवधि आज बुधबार नै सकिँदैछ।