
काठमाण्डौँ , मंसिर १४ :
यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ।
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित (मौन) अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्न पाइने छैन ।
मौन अवधिको पालना भए नभएको बारेमा आयोगले अनुगमन गर्ने जनाएको छ ।
आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । ४४ पद मध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ ।