काठमाण्डौँ , मंसिर १४ :

मन्त्रिपरिषद् बैठक आज बस्दैछ । 

बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र एजेन्डाका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाँदै हुनुहुन्छ । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदै हुनुहन्छ ।