
बागलुङ, मंसिर १४ :
एघार किलोमिटर गलकोट- ताराखोला- म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ ।
त्यसैगरी, रु आठ करोड ६० लाखको लागतमा तीन किलोमिटर खण्डमा स्तरोन्नति सहित कालोपत्र गरिने छ । यो बाटोको काम पनि जारी छ ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाका अनुसार सडक चौडा गर्ने तथा कालोपत्र बिछ्याउने काम जारी छ । हालसम्म पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।
यसै वर्षभित्र बाँकी काम सम्पन्न गर्ने लक्ष्य छ । चौध किलोमिटर लामो गलकोट- ताराखोला- म्याग्दी सडक कालोपत्र भएपछि गलकोटदेखि रुमसम्मको आवागमन सहज हुनेछ ।