
रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनका ऊर्जामन्त्री हर्मन हलुश्चेन्कोलेले बताएका छन् ।
आक्रमणपछि आपतकालीन विद्युत कटौती गरिएको उनले बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले युक्रेनभरि नै ऊर्जा सुविधाहरूमा आक्रमण भइरहेको जनाएका छन् ।
उनले नागरिकहरूलाई नियमित रूपमा आधिकारिक सूचनाहरू आश्रय लिन आग्रह समेत गरेका छन्।
कीभ सहित देशका विभिन्न शहरमा विष्फोट भएको समेत समाचार छ ।आज बिहान युक्रेनी वायु सेनाले क्षेप्यास्त्र खतराका कारण राष्ट्रव्यापी हवाई आक्रमणको चेतावनी जारी गरेको थियो ।
युक्रेनमा चिसो बढ्दै गएको बेला यो महिनामा मात्रै ऊर्जा प्रणालीमा भएको यो दोस्रो आक्रमण हो ।
युद्धको समयमा रुसले युक्रेनको विद्युत सञ्जालमा बारम्बार आक्रमण गर्दै आएको छ ।
युक्रेनमा पछिल्लो रुसी क्षेप्यास्त्र आक्रमणको क्षतिको विवरण आएको छैन ।तर नागरिकका घरहरुमा क्षति पुगेको बताईएको छ । उत्तर-पश्चिमी युक्रेनका शहरका केही भागहरूमा बिजुली छैन भने ट्रामहरू बन्द गरिएको छ ।
यस क्षेत्रका २ लाख ८० हजार भन्दा बढी मानिसहरूलाई बिजुली आपूर्ति कटौती गरिएको समाचार छ ।
मानिसहरुले राजधानीको भूमिगत रेल स्टेशनहरूमा आश्रय लिईरहेका छन् । केहीले आफ्नो घरपालुवा जनावरलाई साथमा नै ल्याएका छन्।