
काठमाण्डौँ , मंसिर १४ :
काठमाण्डौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा मापन भएको छ ।
युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले काठमाण्डौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको देखाएको हो ।
आज बिहीबार अपरान्ह काठमाण्डौँ विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो ।
आईक्यूएयरले काठमाण्डौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई रहेको देखाएको छ ।
उक्त सूचाङक अनुसार पहिलो स्थानमा पाकिस्तानको लाहुर छ । सोही समयमा त्यहाँको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ ।
यस्तै, दोस्रोमा भारतको दिल्ली छ । जहा आईक्यूआईको मात्र ४३७ देखिएको छ । यस्तै, क्रमशः इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायतका सहरमा बढी वायु प्रदूषण देखिएको छ ।