
नबिल बैंक र लिजेन्ड प्रोपर्टी प्रालिबीच सस्तो र सुलभ व्याजदरमा छिटो प्रक्रियाबाट ऋण दिने विषयमा दुई पक्षिय सम्झौता भएको छ।
लिजेन्ड प्रोपर्टी अन्तर्गतका जग्गा खरिद गर्दा नबिल बैंकले ग्राहकलाई सस्तो र सुलभ व्याजदरमा छिटो प्रक्रियाबाट ऋण दिने सम्झौता भएको हो।
आज काठमाण्डौंमा नबिल बैंक र लिजेन्ड प्रोपर्टी प्राइभेट लिमिटेडबीच सहकार्य गर्ने विषयमा सम्झदारी भएको छ । बैंकको तर्फबाट रिटेल हेड चादनी श्रेष्ठ र कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक रविन राईले सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
लिजेण्ड प्रोपर्टीले आफ्ना आयोजनाका जग्गाहरु नेपाल सरकार उपत्यका विकास प्राधिकरणबाट स्वीकृती प्राप्त गरी खरिद विक्रि गर्दै आएको छ। यस अन्तर्गत ६ वटा जग्गा विकास आयोजनाहरु सञ्चालनमा छन् ।
आयोजनाहरु काठमाडौं उपत्यका भित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, ललितपुरको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन्।
भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस आयोजनाको ८५ प्रतिशत जग्गा विक्रि भैसकेको छ।
सिपोडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको छ। यस आयोजनाको पनि ७५ प्रतिशत जग्गा विक्रि भैसकेको छ।
चागुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पुरा गरी बुकिङको लागि खुल्ला गरिएको छ । यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माण भैरहेको जग्गा विकास आयोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा रहेको छ। यहाँ ६५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण हुँदैछ।
काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करिब २४० रोपनी क्षेत्रफलमा फैलिएको आयोजना स्वीकृती र निर्माणको प्रक्रियामा रहेको छ। यसैगरी अर्को आयोजना पर्यटकीय क्षेत्र कास्कीको पोखरामा समेत विस्तार गरिन लागेको आयोजनाले जनाएको छ ।
जग्गा विकास आयोजना गर्दा आफ्नो जग्गासँगै स्थानीय जग्गा धनिहरुलाई समेत सहभागितामा गराउदै सरकारी मापदण्ड पुरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तरगतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग समेत समन्वय गर्दै आफ्नो आयोजनाहरुलाई अगाडी बढाउदै आएको बताएको छ ।
लिजेण्ड प्रोपर्टी प्राइभेट लिमिटेडले सरकारी मापदण्ड पुरा गर्नुपदर्छ भन्ने कुरामा सजक रहदै सरोकारवाला सबै पक्षसँग सार्वजनिक सुनुवाई समेत गर्ने गरेको छ।
अहिलेको नयाँ प्रविधिबाट विस्तृत प्राविधिक सर्वेक्षण गर्दै जग्गाको योजना बनाउने,जग्गा मात्र विकास नगरी सरकारले तोकेका मापदण्डहरु पुरा गर्दै जग्गा विकास आयोजना स्थल र सो जग्गा वरपरका क्षेत्रलाई समेत मध्यनजर गरी सो इलाकाको विकासलाई पनि प्राथमिकतामा राख्दै आएको आयोजनाको भनाई छ । साथै आफ्ना ग्राहकको चाहना, विकसित सहरको सौन्दर्य र भविष्य,वातावरणीय अवस्थालाई समेत मध्यनजर गरि जग्गा विकास योजनाहरुलाई अगाडी बढाउने गरिएको प्रबन्ध निर्देशक राईले जानकारी दिनुभयो ।