काठमाण्डौँ , मंसिर १५ :

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

त्यस्तै, आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।