काठमाण्डौँ , मंसिर १५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाण्डौँको सरकारी वकिलको कार्यालयमा बयानका लागि आज बिहान उपस्थित गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ बयानका लागि काठमाण्डौँ ल्याइएको थियो ।