काठमाण्डौँ , मंसिर १५ :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । 

राणा हिजो नै चीनको छन्दु पुगिसक्नुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारी स्वरुप उहाँ चीन जानुभएको हो ।

उहाँले आज बिहान छेङ्दुस्थित नेपालको महावाणिज्य दूतावासको भ्रमण गर्नुका साथै दूतावासका कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ ।